ताजा अपडेट »

जसपाले समानुपातिक सांसदमा बाँकेकी हसिना खानलाई सिफारिस

विहीबार, २२ चैत्र २०८०, १२ : ३१
22 Shares

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बनाउने भएको छ ।जसपाले केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचन आयोगमा सिफारिस गरेको हो ।जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाएको हो ।   

०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन् । उनको ०७९ फागुन १३ गते निधन भएपछि जसपाले बन्द सूचीका आधारमा मञ्जु लाई पठाएको थियो । तर मञ्जुको पनि गत चैत ४ गते निधन भएपछि एक स्थान खाली रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।