ताजा अपडेट »

बागमतीमा पालैपालो मुख्यमन्त्री बन्ने सहमतिपछि एकीकृत समाजवादीले विश्वासको मत दिने

सोमबार, १९ चैत्र २०८०, १४ : ००
96 Shares
सोमबार, १९ चैत्र २०८०
96 Shares

हेटौडा । बागमती प्रदेशमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने सहमति भएको छ । एकीकृत समाजवादीलाई पालैपालो मुख्यमन्त्री दिने सहमति भएसँगै  मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने निश्चित भएको छ ।

यसअघि एकीकृत समाजवादीले नयाँ समीकरणमा आफुले सबै प्रदेश र केन्द्रमा सम्मानजनक भागबण्डा हुनुपर्ने माग राख्दै सो विषयमा सहमति नभएसम्म विश्वासको मत दिन बाध्य नहुने चेतावनी दिएको थियो ।  अब सहमति भएपछि एकीकृत समाजवादीले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने भएको छ । बागमती प्रदेश सभामा आज मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।