ताजा अपडेट »

बुटवलमा छाडा चौपाया ब्यवस्थापनको काम तिव्र : आज २५० भन्दा बढि गाईगोरु गौशालामा लगियो

शनिबार, १७ चैत्र २०८०, १९ : ३०
158 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले छाडा चौपाया ब्यवस्थापनलाई निरन्तरता दिएको छ । बुटवल ७ शिवनगर सामुदायिक बनमा रहेको गौशालामा सडकमा रहेका गाईगोरुको ब्यवस्थापन गर्न उपमहानगरपालिकाले गत सातादेखि सुरु गरेको  हो । 

शनिबार बिहान ५ बजेदेखि चौराहा ,मिलनचोक, योगिकुटी , कालिकानगर , देवीनगरका सडकमा रहेका छाडा चौपायालाई गौशालामा लगिएको हो । स्थानीय , नेपाली सेना , नेपाल प्रहरी ,शसस्त्र प्रहरी , नगर प्रहरी , जनप्रतिनिधि, कर्मचारीको सहयोगमा सडकमा रहेका गाईगोरुलाई गौशालामा लगिएको हो । छाडा चौपायाको ब्यवस्थापनलाई निरन्तरता दिर्ईएको र सबै नगरबासीको साथको आवश्यकता रहेको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बताए । 

IMG-20240330-WA0014

सडकमा रहेका गाईगोरुलाई गौशालमा ल्याउनको लागि सहयोग गर्नको लागि उनले आग्रह गरे। शुभकार्य वा कुनै अवसरमा गौशालामा आएर गाईगोरुलाई घास , पराल , दाना उपलब्ध गराए मनाउनको लागि पाण्डेयले आग्रह गरे । गाईगोरुको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउँदै उनले गाईगोरुको आहारको ब्यवस्थापन गर्नको लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिए। 

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले होटलमा रहेको साकाहारी खाना गौशालामा ल्याएर सहयोग गर्नको लागि आग्रह गरे ।  शनिबार करिब २५० भन्दा बढि गाईगोरु गौशालामा ल्याईएको बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ ।

IMG-20240330-WA0014

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।