ताजा अपडेट »

लुम्बिनीमा आजदेखि विराट चक्रविज्ञान तथा ध्यान

शनिबार, १७ चैत्र २०८०, १० : १२
102 Shares

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि विराट चक्रविज्ञान तथा ध्यान सुरु भएको छ । लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय ध्यानकक्षमा नेपालसहित विभिन्न १५ मुलुकका नागरिकहरुको उपस्थितीमा ध्यान सुरु भएको हो । 

एकसाथ ५ हजार जनाको उपस्थिती हुने दाबी गरिएको विराट चक्रविज्ञान तथा ध्यान ७ दिनसम्म सञ्चादन हुने छ । जीव विज्ञान परिषदको आयोजनामा यही चैत्र २३ गतेसम्म हुने विराट चक्र विज्ञान विश्वमै ठूलो संख्यामा आयोजना गर्न लागिएको हो । जीव विज्ञान परिषद लुम्बिनीका संयोजक केशव खनालले यस कार्यक्रमलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता गरिने उल्लेख गरे । यस प्रकारको कार्यक्रम यसअघि अस्ट्रेलियमा आयोजना हुँदा १४७१ जना उपस्थित भई ३ दिनसम्म मात्रै आयेजना भएको उल्लेख गर्दै उनले यो नै पहिलो र ठूलो कार्यक्रम हुने दाबी गरे । कार्यक्रममा देशका विभिन्न सरकारी निकायका प्रतिनिधि तथा अनुयायीहरुलाई निमन्त्रणा गरिएको उनले जानकारी दिए ।

भगवान गौतम बुद्धको ‘अप्प दिपो भव’ अर्थात तिमी आफ्नो प्रकाश आफै बन भन्ने स्व–जागरणको उपदेशलाई सार्थक बनाउन कार्यक्रम आयोजना गरिएको उनले बताए । व्यक्ति भित्र नैशर्गिाक रुपमा रहेका स्वास्थ्य सुख, आत्मविश्वास, प्रेम, ज्ञान, संकल्प र आनन्दको अद्भुत क्षमता तथा सम्भावनालाई उजागर गरी सुखी, शान्त र समृद्ध राष्ट्रको आधार तयार पार्न यसले सहयोग गर्ने दाबी गरे । कार्यक्रमबाट विश्व शान्तीका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल र उनले दिएका ध्यानको शिक्षालाई सामूहिक रुपमा विश्वमाझ फैल्याएर नेपाललाई एक उत्कृष्ट आध्यात्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सहयोग पुग्ने दाबी गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।