ताजा अपडेट »

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज ?

शुक्रबार, १६ चैत्र २०८०, ११ : २०
78 Shares

काठमाडाैं । नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २१ सय रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २७ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रूरुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको भाउ प्रतितोला १५ सय १० रुपैयाँमा स्थिर रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २३२.७५ डलर र चाँदी प्रतिऔंस २४.९५ डलरमा कारोबार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।