ताजा अपडेट »

सामाजिक विकास इकाईका सव–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

शुक्रबार, ०९ चैत्र २०८०, १४ : ४८
246 Shares
शुक्रबार, ०९ चैत्र २०८०
246 Shares

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित सामाजिक विकास इकाई कार्यालय राजविराजका सव–इन्जिनियर अजय कुमार साफी भन्ने अजय रजकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियारका प्रवक्ता नरहरि घिमिरेले भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग ७० हजार घुस लिएको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिए। 

उनका अनुसार सवइन्जिनियर रजकले नगद १५ हजार र ५५ हजारको चेक दिइसकेको अवस्थामा अख्तियारको आर्यालय इटहरीबाट खटिइ गएको टोलीले नियन्त्रणमा लिएको हो । रजकले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (घ) अन्तर्गतको कसुर गरेको पुष्टि भएको अख्तियारको ठहर छ ।

प्रवक्ता घिमिरेका अनुसार रजकलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ७० हजार  रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।