ताजा अपडेट »

ग्यान्समा लाग्यो चुनाव, बढ्यो सदस्यताको गतिविधि

मंगलबार, ०६ चैत्र २०८०, ०७ : २२
162 Shares

अस्टिन (टेक्सस ) । टेक्ससको राजधानी अस्टिन वरपर बसोबास गर्ने नेपालीहरुको संस्था ग्रेटर अस्टिन नेपाली सोसाईटी (ग्यान्स) को अधिवेशन अप्रिल २१ मा हुने भएको छ । अधिवेशनको मिति नजिकिएसँगैं सोसाईटीको सदस्यता अभियान पनि तीव्र गतिमा अघि बढेको छ । 

सदस्यता बन्ने प्रक्रिया सधैं भरी खुल्ला रहने भएपनि अधिवेशनका संघारमा सदस्यता अभियानले गति लिने गर्दछ । अधिवेशन हुने भएकाले अप्रिल १७ सम्म सदस्यता लिन सकिने र उक्त समयभित्र सदस्यता प्राप्त गरेकाले निर्वाचन प्रक्रियामा भाग लिन सक्ने निर्वाचन समितिले जनाएको छ ।  सोसाईटीको पाँचौं अधिवेशनमा यस पटक नेतृत्वका लागि कृष्ण जिसी र बिदुर खतिवडाको नाम चर्चामा रहेको छ । जिसी वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन् भने खतिवडा वर्तमान कार्यसमितिको महासचिव हुन् । 

सोसाईटीमा हाल भोजराज भट्टको नेतृत्व रहेको छ । भट्टको यो दोस्रो कार्यकाल हो । भट्टको नेतृत्व कालमै सोसाईटीका पूर्व अध्यक्ष गेहेन्द्र केसीको संयोजकत्व र पूर्व अध्यक्ष देवराज न्यौपानेको सहसंयोजकत्वमा ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा आध्यात्मिक केन्द्र संचालक समिति निर्माण गरी समुदायको सहयोगमा सामुदायिक केन्द्र र पशुपतिनाथ मन्दिर निर्माण तथा संचालन भैरहेको छ । 

सोसाईटीको आसन्न अधिवेशनमा विभिन्न पदमा उठ्न चाहनेहरुले पनि आफ्नो उम्मेद्वारीको चर्चा अघि बढाएका छन् । सोसाईटीको महासचिवमा प्रदिप चौलागााईले आंकाक्षा देखाएका छन् भने कोषाध्यक्षमा विक्रम थापाले उम्मेद्वार बन्ने चाहना देखाएका छन् । स्रोतका अनुसार जिसी, चौलागाई र थापाले सहकार्य गर्ने तयारी गरेका छन् उता, खतिवडाले पनि आफ्नो उम्मेद्वारीको घोषणा मन्दिर उद्घाटनकै दिन गरेका थिए र उनी पनि आफ्नो टिम निर्माण बारे सर-सल्लाहमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।