ताजा अपडेट »

मासिक ७०८ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट, २५० मिनेट कल र १८ जीबी डेटा

शनिबार, १९ फागुन २०८०, १३ : ०५
216 Shares

काठमाडौं । नेपाल टेलिकमले ५० एमबीपीएस गतिको इन्टरनेट सेवा अब नयाँ मूल्यमा दिने भएको छ ।

कम्पनीले भर्खरै ल्याएको अफर योजना अन्तर्गत वार्षिक ग्राहकले कर सहित अब ८,४९९ रुपैयाँमै ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्नेछन् ।  साथै ग्राहकले अब एक वर्षका लागि दैनिक ६०० एमबी मोबाइल डेटा तथा ३,००० मिनेट भ्वाइस कल (ल्यान्डलाइन) समेत निःशुल्क प्राप्त गर्नेछन् ।

यो प्याकेजमा सामेल हुने ग्राहकलाई मासिक रु. ७०८ रुपैयाँमै ५० एमबीपीएस स्पिड को इन्टरनेट, १८ जीबी मोबाइल डेटा तथा २०५ मिनेट कल सुबिधा दिइने टेलिकमले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।