ताजा अपडेट »

सुनको भाउ बढ्दा चाँदीकाे भने स्थिर

विहीबार, १७ फागुन २०८०, ११ : ५७
52 Shares

काठमाडौं। नेपाली बजारमा सुनको भाउ आज तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, बुधबार छापावाल सुन १ लाख १८ हजार २०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । 

बिहीबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँ कायम रहेको छ । बुधबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।