ताजा अपडेट »

एमाले र गठबन्धनलाई पराजित गर्दै सैनामैना खानेपानीको अध्यक्षमा रास्वपाका उम्मेदवार विजयी

मंगलबार, ०८ फागुन २०८०, ११ : ११
188 Shares

बुटवल । रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।दुई हजार चार सय मत खसेको चुनावमा रास्वपाबाट उम्मेदवार बनेका एकबहादुर क्षेत्री ७०५ मत पाएर विजयी भएका हुन् ।

चुनावमा रास्वपाका निकटतम प्रतिस्पर्धी कांग्रेस(माओवादी(एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले ६४१ मत पाए । नेकपा एमालेका नारायण थापाले ६२६ र स्वतन्त्र उम्मेदवार रेशम खांडले २८१ मत पाए । अन्य सबै पदमा नेकपा एमालेका उम्मेदवारहरू विजयी हुँदा गठबन्धन शून्य भएको छ ।

 उपाध्यक्षमा बाबुराम ज्ञवाली, सचिवमा सुशील भण्डारी, कोषाध्यक्षमा केशरमणि भण्डारी, सहसचिवमा सजिना केसी, महिला सदस्यमा उमादेवी भण्डारी, मिना गिरी, कल्पना खनाल, सदस्यहरुमा दुर्गाबहादुर थापामगर, जयलाल विक, समुन्द्र भित्रकोटी निर्वाचित भएका निर्वाचन समिति सदस्य राजबहादुर क्षेत्रीले जानकारी दिए । यस्तै लेखा समिति संयोजकमा तमबहादुर विक तथा सदस्यहरुमा कोपिला शाही र कलाधर अर्याल निर्वाचित भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।