ताजा अपडेट »

महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

सोमबार, ०७ फागुन २०८०, १२ : १२
64 Shares

काठमाडौं। एसीसी महिला प्रिमियर कप खेल्न मलेसिया गएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । प्रिमियर कपमा सेमिफाइनलमा आयोजक मलेसियासँग पराजित भएको नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएको हो ।

गत शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएसँगै नेपाल महिला एशिया कपमा छनौट हुन असफल भएको थियो ।

यस प्रतियोगितामा नेपालका लागि रुबिना क्षेत्रीले शतक प्रहार गर्दै नयाँ रेकर्ड बनाएकी थिइन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।