ताजा अपडेट »

जी.पि. कोराइला स्मृति प्रतिष्ठानले महिला भलिबल रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने

विहीबार, ०३ फागुन २०८०, १६ : ४४
86 Shares

बुटवल । जी.पि. कोराइला स्मृति प्रतिष्ठानले  महिला भलिबल रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने भएको छ । जी.पि. कोराइलाको १४ औँ स्मृति दिवसको अवसरमा यही फागुन ५ र ६ गते बुटवलमा महिला भलिबल रनिङ्ग शिल्ड प्रतियोगिता गर्न लागेको हो । 

प्रतिष्ठानले विहीबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । कोराइला राजनीतिक मात्रै नभई सबै क्षेत्रमा रुचि राख्ने व्यक्ति भएकाले स्मृतिमा भविलब प्रतियोगिताको आयोजना गरिएको प्रतिष्ठानका उपाध्यक्ष काजिमान श्रेष्ठले बताए । 

प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उपाध्यक्ष श्रेष्ठले बताए । यस्तै द्वित्तीय, तृतीय र सान्तवना हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजारसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने उपाध्यक्ष क्षेष्ठले बताए । साथै प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कारको प्रदान गरिने बताए । प्रतियोगितामा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका र देवदह नगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयबाट गरी २० टिमको सहभागिता रहने  उनले बताए।

प्रतियोगिताको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।