ताजा अपडेट »

लस एन्जलसमा नेपाली जनसम्पर्क समितीले बृहत भेला गर्दै

विहीबार, ०३ फागुन २०८०, १० : ४०
76 Shares

क्यालिफोर्निया । क्यालिफोर्नियाको लस एन्जलसमा नेपाली जनसम्पर्क समितिको आयोजनामा बृहत बनभोज कार्यक्रम आयोजना हुने भएको छ । नेपाली जनसम्पर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरले बृहत बनभोज कार्यक्रम आयोजना गर्न लागेको हो । बनभोज कार्यक्रम आगामी मार्च महिनाको १० तारेख आईतबारका दिन बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म 8750 Clarkdale Ave, Artesia, CA 90701 मा हुने नेपाली जनसम्पर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरले जनाएको छ ।

क्यालिफोर्नियाको लस एन्जलस नेपाली समुदायको आकर्षणको केन्द्र बन्दै गईरहेको छ । बनभोज कार्यक्रमको माध्यमबाट नेपाली समुदायका बीचमा सामाजिक एकता, आपसी सद्भाव, बन्धुत्व र भाईचाराको सम्बन्ध बिकासमा सहयोग पुगोस भनेर उक्त कार्यक्रमको आयोजन गर्न लागिएको बनभोज कार्यक्रम मूल तयारी समितिका सँयोजक अर्जुन पौडेलले बताए। सँयोजक पौडलका अनुसार बृहत बनभोज कार्यक्रममा बनभोजका साथै बिभिन्न खेल, बालबालिकाहरुका लागि रमाईलो कार्यक्रम सहित बिभिन्न मनोरन्जनात्मक कार्यक्रम आयोजना गरिने छन । कार्यक्रममा करिब ६ सय जना नेपाली समुदायको सहभागिता हुने अपेक्षा गरिएको छ ।

बन भोज कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूको व्यस्त दिचर्याका बीचमा भेटघाट हुने, एकआपसमा दुःखसुख साटासाट हुने, आत्मियता बढाउन सहयोग पुग्ननेपाली जनसंपर्क समिती, अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरका सभापति मदन पाठकले जानकारी दिए । प्रबेश निःशुल्क भएकाले बृहत बनभोज कार्यक्रममा सहभागिताको लागि लस एन्जलसबासी तथा अन्य ईच्छुक नेपाली समुदायलाई अनुरोध गरिएको नेपाली जनसम्पर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।