ताजा अपडेट »

महासमिति बैठक तयारीका लागि काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

विहीबार, ०३ फागुन २०८०, ०९ : २०
32 Shares

काठमाडौं । आगामी फागुनदेखि हुने महासमिति बैठकको तयारीका लागि सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो ।

मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार आगामी फागुन ७-१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रीत रहेर छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।