ताजा अपडेट »

नेजा स्थापना दिवस मनाईने

सोमबार, २२ माघ २०८०, २१ : २९
80 Shares

टेक्सस । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो ‘स्थापना दिवस’ मनाउने भएको छ । संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा नेजा कार्यसमितिको जनवरी २०, २०२४ मा सम्पन्न बैठकले ‘अप्रिल २१’ लाई संस्थाको ‘स्थापना दिवस’ का रुपमा मनाउने निर्णय गरेको हो ।

 संस्थाको विशेष दिन अर्थात्  ‘स्थापना दिवस’ को मितिलाई सबै दृष्टिकोणबाट उपयुक्त एवं सर्वमान्य बनाउनका लागि वर्तमान कार्समितिले संस्था स्थापनाका आधिकारिक कागजातमार्फत प्राप्त विभिन्न मितिका बारेमा छलफल गरेको थियो ।

यस सम्बन्धमा नेजाका संस्थापक एवं पूर्वअध्यक्षसंग परामर्श एवं छलफलबमोजिम अप्रिल २१-२२, २००७ मा अमेरिकाको वासिङटन डीसीमा भएको संघको प्रथम अधिवेशनलाई उपयुक्त आधार मानी सोहीअनुसार कार्यसमितिको संस्थापक/पूर्वअध्यक्ष एवं सल्लाहकारसंग संयुक्त बैठकले अप्रिल २१ लाई ‘नेजा दिवस’ मनाउने निर्णय गरेको संघका महासचिव बाबुराम दाहालले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएका छन्  ।

साथै, ‘अप्रिल २१’ लाई ‘नेजा स्थापना दिवस’ घोषणा गरी कार्यान्वयन गर्ने र सो दिन संस्थाका लागि महत्त्वपूर्ण हुने हुँदा संस्थाको विधानमा समेत समावेश गरेर जाने बैठकबाट निर्णय गरिएको छ । 

साथै, नेजाको स्थापना दिवसको अवसरमा संस्थाको गरिमालाई उच्च बनाउने एवं आमसमुदायको हितअनुकूल विशेष एवम् फलदायी कार्यक्रमको आयोजना गरेर सो दिवस मनाउने नेजाको उद्देश्य रहेको बताईएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।