ताजा अपडेट »

साबित्राले फ्रान्सको शीर्ष क्लबबाट खेल्ने

शुक्रबार, १९ माघ २०८०, १२ : २२
58 Shares

काठमाडौं । नेपाली महिला फुटबलकी स्टार सावित्रा भण्डारी (साम्बा) अब फ्रेन्च क्लबबाट खेल्ने भएकी छन् ।फ्रान्सेली डिभिजन वान फेमिनिनको क्लब एन अभान्त गेङगाम एफसीले बिहीबार सावित्रालाई अनुबन्ध गरेको जानकारी दिँदै भिडियो पोष्ट गरेको छ । 

उनले यसअघि युरोपेली लिगको रुपमा इजरायलबाट ब्यवसायीक यात्रा सुरु गरेकी थिईन् । उनी इजरायलको क्लब हापोएल रानानासँग अनुबन्धित भएकी थिईन् । नेपालका लागि कीर्तिमानी ४३ गोल गरेकी सावित्रा दक्षिण एसियाकै स्टार फरवार्ड समेत हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।