ताजा अपडेट »

अबको प्रश्न किन?

बुधबार, १७ माघ २०८०, १३ : ३१
304 Shares

विनोद पाण्डे (Binod pandey)/ देशको वर्तमान परिस्थिति देखिरहदा, देशको नेतृत्व बुझिरहँदा, जनताले दुःख कष्ट भोगिरहँदा र आर्थिक वृद्वि र विकासका सुचक हेरिरहँदा  के,कसरी, किन, कहिले, कस्तो, कति, कसले भन्ने प्रश्न हरेक जनताको मस्तिष्कमा सिर्जना भएको छ । त्यसै अनुरुप आज मेरो एक प्रश्न ( किन?)

१) नाङगा खुट्टा,फुटेका पैतला,च्यातिएको त्यो झोला,आसुले भरिएका ती आँखा,मुस्कान हराईसकेका ती ओठहरु,काधमा जिम्मेवारी,हातमा हरियो पासपोर्ट, अपुरो त्यो सपना, उमेर ५०/५५ वर्ष वैदेशिक रोजगारीको लागि अन्तराष्ट्रिय विमानस्थलमा किन?

२)एस. ई.ई पास गरेको एक युवा त्यसपछि उच्च शिक्षा अध्ययन गर्न विश्वविद्दालय भेट्टाउदैन,आफुले सोचे अनुरुपको शिक्षा देख्दैन अनि लाग्छ उसको सपना पूरा हुदैन किन?

३) २०७२ सालको संविधानमा रहेका शिक्षा,स्वास्थ्य,रोजगारी,श्रम,महिल,बालबालिका सम्बन्धी हक २०८० साल सम्म आईपुग्दा पनि पुर्ण रुपमा कार्यान्वयनमा आउन सक्दैन भने ती हक अझै पनि उक्त संविधानको भाग र धारामा जिवित किन?

४) निश्चित समयमा सम्पन्न गर्नै गरि सञ्चालनमा रहेका गौरवमय आयोजनाहरु निर्धारित समयमा सम्पन्न नहुदा कारबाही नगरी म्याद थप्नुपर्ने चाहिँ किन?

५)कर्मचारीमा, शिक्षकमा, पत्रकारितामा, डाक्टरमा, श्रमिकमा र नागरिक समाजमा राजनीति चाहिँ किन? राजनीतिले यी क्षेत्रमा प्रभाव पारिरहने किन?

६) राणाशासन, राजतन्त्र, लोकतन्त्र , गणतन्त्र सबै व्यवस्था भोग्दै आएको होईन र ? अनि गणतन्त्र संकटमा र राजतन्त्रको पुनर्वहालीको प्रचारप्रसार चाहिँ किन? जनतालाई केन्द्रमा राखेर, जनताप्रति उत्तरदायी बनेर, भ्रष्टाचार शून्य पारेर,पारिवारिक सोच छाडेर विकास गर्न नसकिएको किन?

७)सुन तस्करी,मानव तस्करी, लागुऔषध तस्करी, ललिता निवाश प्रकरण, ह्ववाइटबडी जहाज प्रकरण, निर्मलाको बलात्कार तथा हत्याकाण्डको छानबिनमा धेरै समिति बन्यो उक्त अध्ययन तथा छानबिन समितिले दिएको प्रतिवेदन प्रकाशन नहुनु र सक्रियता देखाई छानविन गरि कारबाहीको दायरामा ल्याउन नसक्नु चाहिँ किन?

८) १० धर्म, १२४ भाषा, १४२ जाती भित्र पनि सहिष्णुता र समानता , ८३,००० मेगावाट विद्दुत र ८०,००,००० हेक्टर सिंचित गर्न सक्ने क्षमता भएका नदिनाला, स्रोतसाधन र खनिजले सम्पन्नता, शान्तिको देश, गौरवमय ईतिहास बोकेको देश भएर पनि विकासोन्मुख राष्ट्रको सुचिमा पर्नुपर्ने किन?

९) मिति २०७९ सालमा सम्पन्न भएको निर्वाचन,२०८० सालको वर्तमान अवस्था तर पनि मिसन ८४ भन्दै प्रचारप्रसार गरि २०८४ को निर्वाचनको पर्खाई किन?

१०) माओवादीले गरेको १० वर्ष जनयुद्व किन? ,देशमा सात वटा संविधान आए किन?, हरेक ५/५ वर्षमा निर्वाचन भएको चाही किन?, झुट्टा घोषणापत्र किन?, आफ्नो देशको सार्वभौमसत्ता ,स्वतन्त्रता र सिमाङकनको विषयमा अडिग भएर अन्य देशसँग बहस गर्न नसकेको किन?

११)संविधान कार्यान्वयन गर्न बनाईएको हो कि पढ्न? यदि पढ्न बनाईएको हो भने यति लामो र गार्हो किन ?
 किन भन्ने यी प्रश्नहरु कहिले सम्म अनुत्तरित भएर रहलान ? समाधान सहितको जवाफ पाउने दिन आउलान भनी पर्खी बसेको छु अनि तपाईहरु नी?

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।