ताजा अपडेट »

भ्रष्टाचारको सूचकांकमा नेपालको दुई स्थान सुधार

मंगलबार, १६ माघ २०८०, १३ : ३३
116 Shares

काठमाडौं । भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा नेपालले दुई स्थान सुधार गरेको छ । 

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको सीपीआईमा सन् २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औं स्थानमा परेको छ । अघिल्लो वर्ष नेपाल ३४ अंकसहित ११० औँ स्थानमा थियो । 

‘गतवर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ । 

विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ भने सोमालिया ११अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।