ताजा अपडेट »

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

सोमबार, १५ माघ २०८०, १३ : २२
42 Shares

 

काठमाडौं ।  प्रि ओपन सेसनमा सोमबार नेप्से सूचक ३ अंकले बढेको छ ।

यससँगै सूचक २०९७.४८ विन्दुमा आएको छ । यो सेसनमा ५६ कम्पनीको ६ हजार ८३ कित्ता सेयर कारोबार भएको छ । २३ लाख ४४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल १ सय ६ वटा कारोबार भएको हो । २९ कम्पनीको भाउ बढ्दा २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।