ताजा अपडेट »

विन नेपाल लघुवित्तले लाभांश नदिने

विहीबार, ११ माघ २०८०, १२ : ४७
50 Shares

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले  सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने भएको हो । यस संस्थाको माघ १० गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।