ताजा अपडेट »

एमालेले सरकारलाई बुझायो ७५१ बुँदे माग

मंगलबार, ०९ माघ २०८०, १० : ३८
82 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले ७५१ मागहरू, समस्या, समस्या समाधानका उपायसहितसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।

आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्रीले प्राप्त मागहरू कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।