ताजा अपडेट »

आगलागीमा परी लमजुङमा एक महिलाको मृत्यु

शुक्रबार, ०५ माघ २०८०, १२ : २२
120 Shares

लमजुङ - लमजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मर्स्यांङ्दी गाउँपालिका-४ स्यागे बस्ने ४१ वर्षीय सन्तमाया श्रेष्ठ छिन्।

बिहीबार राति उनको पक्की घरमा विद्युत सर्ट भएर आगलागी हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीबाट घर, पसल, मोटरसाइकल १ थान, नगद १० लाख ३५ हजार २ सय रुपैयाँ समेत जलेर करिब १ करोड ४४ लाख ७५ हजार २ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।