ताजा अपडेट »

बुटवलमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

मंगलबार, ०२ माघ २०८०, १६ : १७
166 Shares

बुटवल ।  बुटवल उपमहानगरपालिकाले गर्ने पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को तयारी पूरा भएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले बताए ।

 प्रतियोगितामा २० वटा सामुदायिक र  २२  वटा निजी गरी ४२ वटा विद्यालयले भाग लिने उनले जानकारी दिए। प्रतियोगितमा १७ विधाका ५४ खेलमा  ३५० विद्यार्थीले भाग लिने अध्यक्ष पियाँले बताए । प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिन पाउँने र खेलाडीहरुको बीमाको समेत ब्यवस्था गरिएको उनले जानकारी दिए। यस्तै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलको रनिङ्ग शिल्ड प्रतियोगिता बुटवल उपमहानगरपालिकाको मात्रै नभई सम्पूर्ण बुटवलवासी भएको बताए । साथै उनले प्रतियोगितालाई देशभरकै कार्यक्रमको झल्को दिने गरी काम गर्न नगर खेलकुद समितिलाई निर्देशन दिए । 

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः २५ हजार , १७ हजार र १० हजार नगद सहित पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष पियाले बताए । । यस्तै प्रतियोगिताको उद्घाटनमा मार्चपाससहितको र्यालीको मूल्याङ्कनको अधारमा  प्रथम,द्धितिय र तृतिय हुनेलाई क्रमशः १० हजार ५ हजार र २५ सय पुरस्कार प्रदान गरिने उनले बताए । रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल, कबडी, एथलेटिक्स, उसु , रिले, तेक्वान्दो, कराते संचालन हुने उनले बताए । गत वर्षको रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माविले प्राप्त गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।