ताजा अपडेट »

नेकपा एमाले तिनाउ २ को  दोस्रो अधिवेशन सम्पन्न

आइतबार, २९ पुस २०८०, १७ : १८
84 Shares

बुटवल ।  नेकपा एमाले,तिनाउ वडा नं . २ काे  दाेस्राे अधिवेशन दाेभानमा शनिवार सम्पन्न भएको छ । अधिवेशनले रामबहादुर थापाकाे अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ । जसकाे उपाध्यक्षमा भगवती बस्याल,सचिवमा दिनेश थापा र उपसचिवमा पूजा रजाली एवम् ईन्द्रबहादुर गाहा निर्वाचित भएका छन् ।

प्रमुख अतिथिका रुपमा रहेका नेकपा एमाले जिल्ला कमिटी,पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले अधिवेशनकाे उद्घाटन गर्दै जनताकाे प्रिय पार्टीलाई जनताकै घरदैलाेमा पुराउन नेता,कार्यकर्ताहरु सक्रियरुपमा क्रियाशील हुनुपर्नेमा जाेड दिए । साथै उनले नेकपा एमाले तिनाउ-२,दाेभानकाे वडा अधिवेशनले सिङ्गाे जिल्ला कमिटीलाई शुभ सन्देश दिएकाे बताउँदै आगामी निर्वाचनमा एमालेले तिनाउमा बहुत ल्याउन कुनै कसर बाँकी नराख्ने बताए ।अधिवेशनका विशिष्ट अतिथि एवम् लुम्बिनी प्रदेश कमिटीका सदस्य दलबहादुर गुरुङले तिनाउकाे राजधानीमा रहेकाे वडा नं .२ काे वडा अधिवेशनले सबै पार्टी र सबै वडालाई नयाँ सन्देश प्रवाह गरेकाे बताउँदै एमालेले आगामी निर्वाचनमा आफूलाई पहिलाे शक्तिका रुपमा पुन: स्थापित गर्ने बताए ।

साेही अवसरमा नेकपा एमालेका नेता ओमबहादुर घर्तिमगरले जनताकाे बहुदलीय जनवादकाे मार्गदर्शक सिद्धान्तमा अडिक रहेर श्रमजीवी,निमुखा र सर्वहाराका पक्षमा निरन्तर गतिशील हुने बताए । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले आफू र आफ्नाे पार्टी दिनरात जनताका लागि काम गरिरहेकाे बताए । अधिवेशनमा गाउँ कमिटी अध्यक्ष राेमबहादुर लम्तरी मगर,वडाध्यक्षहरु यादवप्रसाद अर्याल,तुलबहादुर आले र अधिवेशन प्रतिनिधिहरु चन्द्रबहादुर क्षेत्री,दिनेश थापा, ईन्द्रबहादुर गाहा,कुमारी खड्का,चूडामणि लम्साल,विकास अर्याल लगायतले नेकपा एमालेले जनताका पक्षमा काम गर्दै जाओस् भन्दै शुभकामना ब्यक्त गरे ।

निर्वाचित वडा कमिटीका अध्यक्ष,रामबहादुर थापाले आफ्नाे वडा कमिटीले आगामी निर्वाचनमा वडाध्यक्षसहित प्यानल नै जित्ने गरि अघि बढ्ने,पार्टी सदस्यता अभिवृद्धि गर्ने,पार्टी र जनप्रतिनिधिका बीच सम्बन्ध प्रगाढ बनाउँदै लैजाने,पार्टीलाई वडाबासीका घरदैलाेमा पुराउने प्रतिवद्वता समेत व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।