ताजा अपडेट »

जनता टीभीले आईपीओ जारी गर्ने प्रस्ताव पेस गर्दै

आइतबार, २९ पुस २०८०, १२ : ५६
50 Shares

काठमाडौं। जनता प्रसारण तथा प्रकाशन लिमिटेडले (जनता टीभी) साधारण सभा बोलाएको छ । जनता टिभीले सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ । 

उक्त सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सभाले सञ्चालक समितिको निर्वाचन पनि गर्नेछ ।

सभा फागुन १२ र १३ गते कार्की ब्यांकेट, बबरमहल हाइट, काठमाडौंमा बिहान ७ बजेदेखि सुरु हुनेछ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।