ताजा अपडेट »

एपीएफ र नेपाल पुलिस राष्ट्रिय पुरुष भलिबलको फाइनलमा

बुधबार, २५ पुस २०८०, १८ : ०१
112 Shares
बुधबार, २५ पुस २०८०
112 Shares

काठमाडौ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा एपीएफ र नेपाल पुलिस खेल्ने भएका छन् । बुधबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई तीन सेटको सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । यस खेलमा पुलिसले आर्मीलाई २५-२१, २५-२३ र २५-१९ ले पराजित गरेको हो ।

त्यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले गण्डकी प्रदेशलाई २५-२३, २५-२० र २५-१५ ले पराजित गरेर फाइनलमा पुगेको थियो । यो जितसँगै अब पुलिसले बिहीबार हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन एपीएफको सामना गर्ने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।