ताजा अपडेट »

बुटवल उपमहानगरपालिका कर्मचारी सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

बुधबार, २५ पुस २०८०, १० : ३९
80 Shares

बुटवल । बुटवल उपमहानगरपालिका कर्मचारी सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।बुटवल उपमहानगरपालिका कर्मचारी सहकारी संस्थाका अध्यक्ष केशव ज्ञवाली अध्यक्षता र उपमहानगरपालिकाका उपप्रमुख साबित्रा अर्यालका प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको छ । 

बुटवल उपमहानगरपालिकाको सभाहलमा  सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि अर्यालले बुटवल पछिल्लो समयमा सहकारीहरुमा देखिएको बिचलनमा कर्मचारी सहकारी संस्था एउटा उदाहरणीय सहकारी रुप देखा परेको उनले  बताए । सामुहिक उद्देश्य प्राप्तिका लागि समूह वीचको सहकार्य नै सहकारी भएकोले आफ्नो गन्तव्य प्राप्तिमा निरन्तर क्रियाशील हुनुपर्ने कुरामा  उनले जोड दिए । संस्थाका सल्लाहकार सितु प्रसाद श्रेष्ठले स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति बुटवल उपमहानगरपालिका  इकाईद्वारा संचालित सहकारी अन्य इकाईका लागि समेत अनुकरणीय रहेको बताए ।

सभामा कोषाध्यक्ष रेश्मीराज घिमिरेले आर्थिक ०७९/०८० को आर्थिक प्रतिवेदन कार्ययोजना समेत प्रस्तुत गरेका थियो । सहकारीका लेखा समिति संयोजक माधव प्रसाद वश्यालले लेखा समितिको वार्षिक प्रतिबेदन पेश गरेका थिए। सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल, सल्लाहकार ठगिश्वर पोखरेल, ज्ञान प्रसाद अर्याल, अनिल माण्डव्य समेतको उपस्थिति रहेको थियो ।  उक्त कार्यक्रम संस्थाका सचिव नारायण खनालले  गरेका थिए

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।