ताजा अपडेट »

चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

मंगलबार, २४ पुस २०८०, १५ : ३१
140 Shares
मंगलबार, २४ पुस २०८०
140 Shares

कञ्चनपुर ।  कञ्चनपुरबाट मोटरसाइकलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।बेल्डाँडी गाउँपालिका–१ सिद्धचोकका २१ वर्षीय प्रशान्त सिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई से५प ६३९७ नम्बरको मोटरसाइकलसहित आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।धामीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ।प्रहरीका अनुसार यही पुष १९ गते बेलडाँडी–२ स्थित साना किसान कृषि सहकारी संस्था अगाडि पार्किङ गरी राखेको बेलडाँडी–३ सिमलडाँडीका खुसीराम चौधरीको मोटरसाइकल चोरीको आरोपमा उनलाई पक्राउ गरेको हो। उक्त मोटरसाइकल पुस १९ गते चोरी भएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।