ताजा अपडेट »

गाजामा मारिनेको संख्या २३ हजार नाघ्यो

मंगलबार, २४ पुस २०८०, ०८ : ०९
46 Shares

गाजा । इजरायली हमलामा परी अहिलेसम्म २३ हजार प्यालेस्टाइनीले ज्यान गुमाएका छन। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबर ७ देखी यता गाजामा कम्तिमा २३,००० प्यालेस्टाइनी मारिएका छन ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा इजरायलसँगको युद्ध सुरु भएदेखि गाजामा कम्तिमा २३,०८४ मानिस मारिएको तथ्यांक सार्बजनिक गरेको हो । एक विज्ञप्तिमा मन्त्रालयले विगत २४ घण्टामा २४९ जनाको मृत्यु भएको र तीन महिनाभन्दा बढीको लडाइँमा उक्त क्षेत्रमा ५८ हजार ९२६ जना घाइते भएकोसमेत जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।