ताजा अपडेट »

३४ औं राष्ट्रिय भलिबल प्रतियोगिता : लुम्बिनी प्रदेश दोस्रो खेलमा पुलिससँग पराजित

शनिबार, २१ पुस २०८०, १९ : २४
244 Shares
शनिबार, २१ पुस २०८०
244 Shares

बुटवल । सुर्खेतमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत शनिबार भएको खेलमा लुम्बिनी प्रदेश पराजित भएको छ । लुम्बिनीलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

शनिबार बिहान सुर्खेतको विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा सम्पन्न खेलमा पुलिसले २५-१४, २५-१७ र २५-२१ ले जित हात पार्यो । प्रतियोगितामा लुम्बिनी प्रदेशको यो पहिलो हार हो । यसअघि बागमती प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै लुम्बिनीले ३ अंक जोड्न सफल भएको छ । जारी प्रतियोगिता अन्तरगत घरेलु टोली कर्णाली प्रदेशले मधेश प्रदेशलाई सोझो सेटमा पराजित गर्दै पहिलो जित हात पारेको छ । कर्णालीले मधेशलाई २५-२०, २५-२१ र २५-१७ ले जित हात पार्यो । पहिलो खेलमा मधेशले सुदूर पश्चिमलाई हराएको थियो । कर्णालीले भने विभागीय टोली आर्मीसँग हारेको थियो ।

यसैगरी गण्डकी प्रदेशले पनि विजयी सुरुवात गरेको छ । गण्डकीले सुदुरपश्चिम प्रदेशमाथि ३-१ को सेटमा जित निकाल्न सफल भएको हो । कोशी प्रदेशले भने दोस्रो खेलमा पहिलो जित हात पार्न सफल भएको छ ।

समूह ए मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह बी मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपाल भलिबल संघको आयोजनामा उक्त प्रतियोगिता पुष २६ सम्म सुर्खेतमा चल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।