ताजा अपडेट »

मायादेवीमा दानवापत १ करोड ६ लाख संकलन

शनिबार, २१ पुस २०८०, ०७ : १५
146 Shares

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट १ करोड ६ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ अन्तर्गत दोस्रो पटक शुक्रबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले बताए ।

पुस १७ गतेदेखि दानपेटिका खोलेर गणना सुरु गरिएको थियो । मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरीक खर्च व्यवस्थापन हुँदै आएको छ । दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरि गणनाको व्यवस्था मिलाईएको कोषाध्यक्ष भट्टराईले बताए । 

पछिल्लो समय आन्तरीक तथा बाह्य पर्यटक बढ्न थालेका छन । यसअघि कार्तिकमा खोलिएको यो आर्थिक वर्षको पहिलो दानपेटिका गणनाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।