ताजा अपडेट »

संसदमा एक वर्ष

शुक्रबार, २० पुस २०८०, ०९ : ३४
268 Shares

लुम्बिनी प्रदेश सभाका सदस्य हुन् माननीय खेमबहादुर सारु मगर । लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील उनी पाल्पा क्षेत्र नम्बर १ (ख) का सांसद् हुन् । सामाजिक र राजनीतिक जीवनमा सार्थक सहभागिता जनाउँदै आएका उनी पूर्वखोला गाउँपालिका वडा नम्बर २, जल्पाका अस्थायी र  तानसेनका स्थायी बासिन्दा हुन् ।

उनले संसदमा एक वर्ष कसरी व्यतित गरे भन्ने जिज्ञासा धेरैमा हुन सक्छ । यही पौष १७ गते उनले संसदमा सपथग्रहण गरेको एक वर्ष पुग्यो । यस अवधिमा उनले प्रदेशका ऐन, कानून निर्माण, संसदीय भूमिका, विकास निर्माणका योजना र बैठक सभा, कार्यक्रममा सार्थक सहभागिता जनाउँदै आएका छन् । संसदमा आफ्नो उपस्थितिप्रति उनी गौरवान्दित छन् । आफूलाई जनप्रतिनिधिका रुपमा पठाउने पार्टी, नेतागण, कार्यकर्ता, मतदाता, शुभचिन्तक, समर्थक र शुभेच्छुकप्रति कृतज्ञता प्रकट गर्दै बाँकी समय संसदप्रति जवाफदेही र जनताप्रति उत्तरदायी हुने संकल्प बोकेका छन् ।

लुम्बिनी प्रदेश सभाका अधिवेशन, बैठक तथा समिति बैठकमा उनको उपस्थिति उल्लेखनीय देखिन्छ । संसदको पहिलो अधिवेशनमा भएको १० वटा बैठकमध्ये सतप्रतिशत्  सार्थक उपस्थित जनाएका उनले दोस्रो अधिवेशनका २५ वटा बैठकमध्ये २३ वटा बैठकमा सहभागिता जनाए ।  संसदको विशेष समयमा उनले तीन पटक सम्बोधन गरेका छन् भने सरकारको नीति तथा कार्यक्रम र वार्षिक “विनियोजन विधेयक” मा दुई पटक  महत्वपूर्ण सम्बोधन गरेर संसदको गरिमा बढाएका छन् । आफ्ना जनताप्रति जिम्मेवारी निभाएका छन् ।

माननीय खेम सारुले लुम्बिनी प्रदेश सभाको ‘अर्थ, उद्योग तथा पर्यटन समिति’ को बैठकमा उपस्थित भई ‘औद्योगिक व्यवसाय सम्बन्धि विधेयक–२०८०’ माथि चार पटकसम्म  दफावार छलफलमा भाग लिएका छन् । ‘प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०८०’ माथि संशोधनकर्ताको रुपमा प्रदेश मामिला तथा कानून समितिद्वारा आयोजित छलफलमा दुई पटक आफ्ना गहकिला  विचार प्रस्तुत गरेका छन् ।dhardailo

लुम्बिनी प्रदेश सभाबाट पारित भएका नियमावली तथा विधेयकहरुमा उनको सार्थक सहभागिता रहेको देखिन्छ । ‘प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक-२०८०’  अनि ‘स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति ऐन-२०७६ लाई संशोधन गर्न बनेको विधेयक’ साथै ‘लुम्बिनी प्रदेश सभा नियमावली-२०७९’ मा उनको योगदान अतुलनीय देखिन्छ । त्यसैगरी ‘आ. व. २०८०/०८१ को सेवा र कार्यको लागि लुम्बिनी प्रदेश, प्रदेश कोषबाट कोही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक’ र  ‘ प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ पारित गर्दा उनले आफ्नो बलबूता र विवेक मिसाएका छन् ।  ‘औद्योगिक व्यवसाय सम्बन्धि प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ माथि दफावार छलफल गरिरहेका छन् ।

पाल्पाली युवा नेता तथा जुझारु सांसद खेमबहादुर सारु मगरले आफ्नो चुनावी क्षेत्रमा बजेट पार्न, लुम्बिनी प्रदेश संसदमा विशेष भूमिका निर्वाह गरेका छन् । पहल गरेका छन् । जनताका मागलाई बजेटद्वारा  सम्बोधन गर्न सक्दो योगदान पुराएका छन् । स्थानीय जनप्रतिनिधि, जनता र पार्टीसँग नियमित हातेमालो गरेका छन् । जनताका आवश्यकता र मागलाई उचित सम्बोधन गर्दै आफूलाई अब्बल सांसदको रुपमा स्थापित गर्ने म्याराथनमा छन् ।

लुम्बिनी प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८०/८१ मा पाल्पा क्षेत्र नं. १(ख) का लागि सडक पूर्वाधार योजनाहरु १९ वटा, प्रदेश क्षेत्र विकास योजना १८ वटा, खानेपानी तथा सरसफाई योजनाहरु ३५ वटा, जलस्रोत तथा सिंचाई योजना १२ वटा, सहरी विकास तथा भवन ५ वटा र पुल निर्माण योजना  ५ वटाका लागि वजेट विनियोजनमा सहयोग पुराएका छन् । त्यसैगरी उनले सामाजिक विकासका योजना २ वटा (शैक्षिक संस्थाहरुबाट पेश गरिएका र सभासदबाट सिफारिस भएका प्रस्तावनाको बजेट विनियोजिन हुन बाँकी), स्थानीय तह वित्तीय हस्तान्तरण (सशर्त) योजना  २० वटा, समपूरक अनुदानका योजनाहरु १२ वटा,हुमिन–ताहुँ मोटरबाटो (वहुवर्षीय) योजना  १ वटा गरी करीव चालीस करोड रुपैयाँको वजेट सुनिश्चित गर्न उनको पहल सार्थक रहेको देखिन्छ ।

‘प्रदेश सांसदको के काम छ र ?’ भन्नेहरुलाई उनले गतिलो पाठ पढाएका छन् । संसद चल्ने बेला संसदतिर र अन्य समयमा आफ्नो चुनावी क्षेत्रमा रहेर जनताका सेवा गरिरहेका छन् । उनीहरुका घरदैलामा पुगेका छन् । सुख, दुःखमा साथ दिइरहेका छन् । स्थानीय कार्यक्रमहरुमा नछुटाई उपस्थित हुने सांसदहरुमध्ये उनी हीट लिष्टमा पर्छन् ।

एक वर्षको दौरानमा उनले दुई सय चार वटा बैठक तथा औपचारिक कार्यक्रमहरुमा सहभागिता जनाए । लुम्बिनी प्रदेश सभाको बैठकमा समसामयिक विषयमा विशेष समय तथा नीति तथा कार्यक्रमको छलफलमा राखिएको महत्वपूर्ण भनाईहरु औलामा गनी साध्य छैनन् । खास गरी उनले  लुम्बिनी प्रदेश गौरवको आयोजनाका रुपमा रहेको रामपुर जिनाबाँङ सडक (जीवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) अन्तर्गत पर्ने पाल्पा आर्यभञ्ज्याङ्ग–रामपुर सड़कको तत्काल स्तरोन्नति समयमै हुन सकेमा स्थानीय जनताहरुले लाभ लिन सक्ने बारेमा बुलन्द आवाज उरालेका छन् । तानसेन नगरपालिकाको बतासेडाँडा र तिनाउ गाउँपालिकाको नुवाकोटमा निर्माण सम्पन्न भएका संस्कृतिक डबलीको सञ्चालन,व्यवस्थापन, जिम्मेवारी र  हस्तान्तरणका बारेमा संसदमा डटेर बोलेको सबैले सुनेकै छन् र देखेकै हुन् । बतासेडाँडामा रहेको सांस्कृतिक डबली तानसेन नगरपालिकालाई विधिवत् हस्तान्तरण हुनुमा उनको योगदानलाई नजर अन्दाज गर्न मिल्दैन ।
 
पाल्पा जिल्लामा स्वास्थ्य वीमा कार्यक्रम तीन वटै अस्पतालमा नियमित लागू र सुचारु गर्न उनले संसदमा जोडदार माग गरेका थिए तर निकम्मा सरकारले जनतालाई आँखामा छारो हाल्ने काम गरेकोमा उनको चित्त दुखाई कायमै छ । सिद्धबाबाको जोखिमयुक्त बाटोको विकल्पको रुपमा सिद्धार्थ राजमार्ग अन्तर्गत बाँसटारी–झडेवा–रहवास हुँदै नवलपरासीको (सुस्तापूर्व ) दुम्कीबासमा पूर्व–पश्चिम राजमार्गमा जोडिने गरी नयाँ रुटको सड़क निर्माण योजना अगाडि बढाउन उनले संसदमा उठाएका कुरा सबैका निम्ति हितकर छन् तर सरकारको कानमा बतास नलागेकोमा उनी उदास भने छैनन् ।

संघीय शिक्षा ऐन तत्काल जारी गरी शिक्षासँग सम्वन्धित समस्या समाधान गर्न उनले संसदमा बोलेका थिए । उच्च शिक्षा अध्ययनमा संस्थागत विद्यालयबाट अध्ययन गर्ने विद्यार्थीलाई आरक्षित छात्रवृत्तिमा भएको विभेदपूर्ण नीति हटाउन तथा वैदेशिक अध्ययनमा जाने क्रमको विकल्प खोज्न उनले संसदमा राखेको कुरालाई विद्धतवर्गले ध्यानपूर्वक सुनेका थिए । प्रशंसा गरेका थिए । तर, सरकारले समस्यालाई समाधान गर्न नसकेको उनको गुनासो ताजै छ । सीपयुक्त दक्ष जनशक्ति उत्पादनका लागि प्रत्येक स्थानीयतहमा व्यवसायिक, प्राविधिक र सुविधायुक्त छात्रवाससहितका द्यष्न कअजययकि  स्थापना र स्तरोन्नतिमा उनले संसदमा कुरा उठाएका थिए । समाधान नहुञ्जेल मुद्दा उठाइ रहने संकल्प कसेका छन् ।khem-saru

पाल्पाको पर्यटन विकास प्रवद्र्धन गर्न खेल पर्यटन (स्पोर्ट टुरिजम), आदिवासी जनजातिका (ओपन कल्चर म्युजियम)को माध्यमबाट पर्यटन विकास गर्न नीति तथा कार्यक्रम ल्याउन सबैले पहल गर्नुपर्नेमा पटकपटक संसदमा आवाज उठाएका छन् ।  योजनाका अनुगमन र नियमन प्रभावकारी बनाई गुणस्तर तथा दीगोपना ल्याउन जिल्ला समन्वय समितिलाई थप अधिकारसम्पन्न सरकारी निकायका रुपमा विकास गर्नुपर्ने उनको माग जायज देखिन्छ ।

वार्षिक नीति तथा कार्यक्रम विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतासँग मेल खाने किसिमको हुनुपर्ने, किसानहरुले व्यवसायिकरुपमा उत्पादन गरेका कृषि उपजका भण्डारण र बाजारीकरणका लागि सरकारले विशेष चासो दिनुपर्ने कुरा उनले संसदमा उठाएका छन् । पाल्पालाई ढाका र करुवाजस्ता हस्तकला उत्पादन सामग्रीको हब बनाउन पहल गर्नुपर्नेमा उनले जोड दिए । प्रदेशभरि नै एक घर, एक धाराको संकल्प पूरा गर्न आवश्यक करीब २६ अर्व रकम विनियोजन गर्न सरकारसँग उनले माग गरेका छन् ।

हरेक स्थानीय तहमा सुविधासम्पन्न स्मार्ट, नमूना, वा आवासीय विद्यालय ( बुढानीलकण्ठ स्कूल मोडेलमा) सञ्चालन गर्ने कार्यक्रम लागू गर्दै जान उनले सरकारलाई सुझाएका छन् । लुम्बिनी प्रदेशभरि करीव ५ हजार खेलाडीहरु नियमित प्रशिक्षण गरिरहेको आईटिएफ तेक्वान्डोको साथै, डब्ल्यूटिएफ कराँते जस्ता मार्शलआर्ट प्रशिक्षणका लागि नीति तथा कार्यक्रममा कवर्ड हल निर्माणलाई उच्च प्राथमिकतामा राख्न संसदमा उनले बोलेका छन् र बोलिरहने छन् ।

पाल्पा जिल्ला अस्पताल सम्वत्  १९८६ मा निर्मित साँघुरो भवनबाट दैनिक ४००/५०० बिरामीलाई सेवा दिनुपर्ने वाध्यता रहेकाले तत्काल भौतिक संरचना निर्माण र दरवन्दी अनुसारका चिकित्सक व्यवस्था गर्नपर्नेमा उनको जोड रहँदै आएको छ । परम्परागत र रैथाने खाद्य तथा पेयपदार्थ र मदिरा उत्पादनको नीतिगत व्यवधान हटाउन अनुरोध गरेका छन् । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत वार्षिक “विनियोजन विधेयक” बाट ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट प्रदेश सभामा प्रस्तुत भएको तर नीति तथा कार्यक्रमको प्राथमिकताको आधारमा बजेटहरु विनियोजन नभएकोमा दुःख ब्यक्त गरेका छन् ।

जनताले जनप्रतिनिधिमार्फत माग गरेका योजनाहरु पहिलो प्राथमिकतामा राखेर रकम विनियोजन नभइ शक्ति र पहुँचको भरमा, राजनीतिक पूर्वाग्रहीरुपमा बजेट विनियोजन गरिएकोमा घोर आपत्ति समेत उनले संसदमा जनाएका थिए ।  सभासदहरुले नयाँ क्रमागत योजनाका लागि पेश गर्न भनी दलहरुका बीच नीतिगत सहमति भए अनुसार पेश गरिएको सात करोड ४२ लाखको म्एच् भएको पूर्वखोला गाउँपालिकास्तरीय जल्पा खेलमैदान बजेटमा स्थान नपाएकोमा संसदमा जिज्ञासा राखेका थिए ।

स्थानीय तह वित्तीय हस्तान्तरण (सशर्त) योजना सरकारका आसेपासेहरुबाट बाँडफाँड हुनु बिडम्वना भएको उनले तर्क गरे । त्रिभुवन विमानस्थलबाट अत्याधुनिक भन्सार मनिटरिङ प्रणालीलाई छलेर तस्कर समूहले एक सय किलोग्राम सुन पास गराएको विषय तत्काल छानविन र दोषीलाई कार्यवाही हुनुपर्नेमा उनले संसदमा बुलन्द आवाज उठाएका थिए ।

त्रिभुवन विश्वविद्यालयमा ‘नेपालको पर्यटन’ विकासबारे अध्ययन गरेका विद्यार्थीलाई भारतीय दिल्ली विश्वविद्यालयको प्रश्नपत्र वितरण गरेर विद्यार्थीका भविष्यमाथि खेलवाड भएको, अविरल वर्षाका कारण पाल्पाको अन्नभण्डार मानिने माडीफाँट र बाँसटारी क्षेत्रमा ताल बनेको र दुई हजार रोपनीभन्दा बढी धानखेत डुबानमा परेको, तटबन्ध निर्माण र पीडित किसानलाई राहत प्रदान गर्न ध्यानाकर्षण गरेका थिए ।  पाल्पा जिल्लामा आत्महत्याका घटनामा वृद्धि भइरहेकोले यसका मुख्य कारण पहिचान र न्यूनीकरणको लागि जनचेतनाका कार्यक्रम गर्नुपर्नेमा जोड दिएर उनले मानवीयता प्रकट गरेका थिए ।

रिब्दीकोट–४, कुसुमखोला,माराबासको बृद्ध महिला हत्या र दशकौ अघिको पूर्वखोला जल्पाका किशोर न्यौपाने बेपत्ताका घटनामा अनुसन्धान गरी संलग्न अभियुक्तलाई कानूनको दायरामा ल्याउन सम्वद्ध निकायलाई ध्यानाकर्षण गरेका छन् ।

यावत कामहरु गरेर माननीय खेमबहादुर सारु मगरले आफ्ना क्षेत्रका जनताले दिएको मतलाई मनमा सजाएका छन् । सम्मान गरेका छन् । उनीहरुप्रति नतमस्तक भएका छन् । हजारौ पटक स्यालुट गरेका छन् । उनले एक वर्षभित्र हासिल गरेका अनुभवहरु जनताका सम्पत्ति भएका छन् । जनताका मागहरुलाई संसदमा पेश गरेर, आवश्यक सम्बोधन गरेर, बजेटमा सहभागिता जनाएर जनताका प्यारा नेता, सांसद र साथी भएका छन् । जनप्रिय नेता, खेमबहादुर सारु मगर, जनताका असल सेवक रहेको प्रमाणित गर्दैछन् । शासक होइन, सेवक भई जनताप्रति समर्पित भएका छन् ।

 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार