ताजा अपडेट »

युवाहरुलाई हनी ट्रयापमा पारेर गठी गर्ने समूह प्रहरी नियन्त्रणमा

बुधबार, १८ पुस २०८०, ०९ : १०
247 Shares

पोखरा । युवतीको नाममा नक्कली फेसबुक आइडी बनाएर युवाहरुलाई ‘हनी ट्र्याप’मा पारी ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले गठी गर्ने ३ युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने २२ वर्षका अनुराग घिमिरे, चितवन रत्ननगर १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका १ का २१ वर्षीय युनिक सिंह छन् । उनीहरुलाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरेर पोखरा ल्याइएको कास्की प्रहरीका प्रबक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

केटीको नामको आइडी बनाएर पुरुषहरुलाई उनीहरुले हनी ट्र्यापमा पारेका हुन् । सुरुमा साथी बनाएर फोन गर्ने र त्यसपछि अश्लील भिडियोहरू देखाउने तथा स्क्रिन रेकर्ड गर्ने गरेका थिए । सोही रेकर्ड भएको स्क्रिनलाई उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छु भनेर डर धम्की दिएर पैसा असुल्ने गरेको कास्की प्रहरीले जनाएको छ ।

उनका अनुसार तीनैजनालाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ ९एक्सर्सन० सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।