ताजा अपडेट »

रुपाले पाईन् उत्कृष्ट अवार्ड

शनिबार, १४ पुस २०८०, ११ : २५
52 Shares


बुटवल । लाेक तथा दाेहाेरी गायिका रुपा घर्तीमगरले आफ्नाे "निर्माेही" बाेलकाे गीतमार्फत  भारतकाे नयाँ दिल्लीमा आयाेजित ईन्डाे नेपाल सुजन म्यूजिक  अवार्ड-२०२३ मा "उत्कृष्ट फिमेल पब्लिक च्वाईस अवार्ड-२०२३" प्राप्त गरेकी छिन् ।

उनले निमाेर्ही,पानी सलल, खल्लीबल्ली,राेगी भईन्छ ,शूर सनहीकाे,तीज गीत,सालै जाे लगायतका दर्जन बढी एल्वम प्रस्तुत गरेकी छिन् । दाेहाेरी लाईभमा समेत उनी सक्रिय छिन् । नेपालका चर्चित गायकहरु राम जी खाँण,खेम सञ्चुरी लगायतका कलाकारसँग उनले  स्वर मिसाएकी छिन् । नेपाल लगायत विदेशका स्टेजहरुमा आफ्नाे प्रस्तुति दिई सकेकी उनले लाेक तथा दाेहाेरीमार्फत आफ्नाे पहिचान कायम राखेकी छिन् ।

"स्टेज उद्घाेषण क्वीन"का रुपमा समेत परिचित रुपाले स्वदेश तथा विदेशका स्टेजहरुमा समेत प्रभावकारी उद्घाेषण गरिसकेकी छिन् । विभिन्न पुरस्कार र सम्मानबाट सुशाेभित रुपाले लाेक तथा दाेहाेरीलाई आफ्नाे जीवनकाे गन्तव्य बनाएकी छिन् । एक दशक अघिदेखि उनी यही क्षेत्रमा भूमिका निर्वाह गर्दै आएकी छिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।