ताजा अपडेट »

एनएसएल सुपरलिग : उपाधिकम लागि धनगढी र ललितपुर भिड्दै

शनिबार, १४ पुस २०८०, ०७ : ०४
20 Shares

काठमाडौं । जारी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुदै छ । यो खेल काठमाडौँस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि शुरु हुने छ ।

लिग चरणमा ८ खेलमा ३ जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

धनगढी एफसी एनएसएलको पहिलो सिजनको उपविजेता समेत हो । २०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौँ रेजर्ससँग १-० गोल अन्तरले पराजित भएर उपविजेतामा चित्त बुझाएको थियो ।

त्यस्तै ललितपुर सिटी एफसी भने पहिलो पटक फाइनलआमा पुगेको छ । यस अघि पहिलो सिजनमा ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौँ रेजर्ससँग ३-० ले पराजित हुदै बाहिरिएको थियो ।
   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।