ताजा अपडेट »

तिलोत्तमाको न्यु लाइट माविमा साहित्यिक महोत्सव

शुक्रबार, १३ पुस २०८०, १६ : १९
76 Shares

बुटवल । तिलोत्तमा स्थित न्यु लाइट माविमा साहित्यिक महोत्सव सम्पन्न भएको छ । लेखक तथा साहित्यकार जंग बहादुर शाहको प्रमुख आतिथ्यता शुक्रबार भएको साहित्यक महोत्सवमा कवि भूपिनसँग विद्यार्थीको अन्तरक्रिया समेत गरिएको थियो । विद्यार्थीहरुलाई पढाईसँगै अतिरिक्त क्रियाकपालमा पनि अब्बल बनाउने उद्धेश्यले साहित्यिक महोत्सवको आयोजना गरिएको विद्यालयका प्राचार्य रमेश ज्ञावलीले बताए ।

महोत्सवमा यस क्षेत्रका चर्चित कवि गिरि श्रीस मगरले कविता वाचन समेत गरेका थिए भने विद्यार्थीहरुले पनि कविता वाचन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुको ‘बुक रिडिङ सेमिनार’ गरिएको थियो । सेमिनारमा एक दर्जन विद्यार्थीले आफूले पढेका पुस्तकको समीक्षा प्रस्तुत गरेका थिए । त्यसै गरी एक दर्जन विद्यार्थीको कविता वाचन गरेको शैक्षिक संयोजक तथा विद्यालयका पूर्व संयोजक राजेन्द्र कुँवरले बताए।

महोत्सवमा ‘भ्वाइस अफ न्यू लाइट सिनियर र जुनियर’को प्रस्तुति रहनुका साथै विद्यार्थीद्वारा निर्मित चित्रकला, पोष्टर र अन्य रचनात्मक प्रस्तुति प्रस्तुत गरेको न्यु लाइट कलेजका शैक्षिक संयोजक तथा विद्यालयका पूर्व संयोजक कुँवरले बताए । महोत्सवसँगै पुस्तक प्रदर्शनी समेत भएको थियो । विद्यालयले २०७६मा ‘एकदिने साहित्य महोत्सव’ आयोजना गरेर तिलोत्तमा क्षेत्रका साहित्यकारसँग विद्यार्थीलाई परिचित गराएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।