ताजा अपडेट »

मानव सेवा आश्रमले पुस १४ गते बुटवलमा आमा सेमिनार गर्ने

विहीबार, १२ पुस २०८०, २१ : ०३
28 Shares

बुटवल। बुटवलमा पुस १४ गते शनिबार आमा सेमिनार हुने भएको छ ।मानवता,राष्ट्रियता,परोपकार,राष्ट्रप्रेम र आफुलाई जन्मदिने माता पिताको महत्त्वबोध गराउनुका साथै प्रेम,करूणा आम जनतामा पु¥याउने उदेश्यले ञआमा सेमिनारझ गर्न लागिएको मानव सेवा आश्रम बुटवलले जनाएको छ ।

बुटवल स्थित मानव सेवा आश्रमद्वारा बिहीबार बुटवलमा आयोजित आर्थिक बर्ष २०७९/०८० को आर्थिक तथा बार्षिक प्रतिवेदन प्रस्तुतिकरण एवं पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराएको हो ।कार्यक्रममा मानव सेवा आश्रयका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले अब कोहि पनि बृद्वाश्रममा बस्न नपरोस् भन्ने वातावरण बनाउन सेमिनार गर्न लागिएको बताए ।

अभावकाबीच पनि मानवीय सेवा सम्भव हुदोरहेछ भन्ने आश्रमले पुष्टि गरेको बताउदै पवित्र उदेश्यले गरिने मानवीय सेवाका लागि कुनै किसिमको समस्या नहुने उल्लेख गरे ।संविधानसभा सदस्य नेत्रप्रसाद पन्थीले मानवता प्रवर्द्धन अभियान महान कार्य भएको भन्दै हरेक किसिमका सेवामा पारदर्शिता जरुरी रहेको बताए ।उनले धेरै सडक आश्रति मानवलसरूलाई आश्रममा राख्ने भन्दा पनि सडकमा जानै नपर्ने अवस्था सिर्जना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा आश्रमका अभियन्ता लोकनाथ भुसाल,पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल, आश्रमकी प्रदेश संयोजक सरू अधिकारी लगायतले आ आफ्नो भनाइ राखेका थिए ।२०७५ साल पुस ७ गते बुटवलको सुख्खानगरमा एउटा घर भाडामा लिएर सुरु गरिएको मानव सेवा आश्रममा हाल १६६ जना आश्रीत रहेको आश्रमकि अभियन्ता टिकामाया थापाले बताइन् ।१५ जना भारतीय सडक आश्रीत मानवहरूलाई समेत पारिवारिक पुनर्मिलन गराएको आश्रमले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।