ताजा अपडेट »

रोयल ईनफिल्ड मेटेयोर ३५० को बिक्री शुभारम्भ

बुधबार, ११ पुस २०८०, १५ : ४८
38 Shares

बुटवल । रोयल ईनफिल्ड मेटेयोर ३५० को बिक्री शुभारम्भ भएको छ । रोयल ईनफिल्ड बुटवलको लागि आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रा.ली.बुटवलले एकै समयमा बुधबार देशभर एकैसाथ बिक्री शुभारम्भ गर्ने कम्पनीको योजना अनुसार रोयल ईनफिल्ड ३५० को बुटवलबाट बिक्री खुला गरिएको छ ।

शुभारम्म कार्यक्रमको उद्घाटन गैरे प्रतिष्ठानका अध्यक्ष प्रेमरमज गैरे र सञ्चालक लक्ष्मि गैरेले संयुक्त रुपमा गरेका थिए ।
आज बिक्री शुभारम्भ गरिएको रोयल ईनफिल्ड मेटेओर ३५० मोटर बाईक नेपालको सबै प्रकारको भूगोल एवम् लामो तथा छोटो दुरिका लागि उपयुक्त रहेकोले सबै उमेर समुहका ग्राहकको पहिलो रोजाई बन्ने कुरामा कम्पनी विश्वस्त रहेको कुरा सञ्चालक लक्ष्मि गैरेले बताए ।

सो बाईक फायरवल , स्टेलर र सुपरनोभा गरि तिनवटा सिरिजमा रु।पाँच लाख पचास हजार देखि पाँच लाख पैसठ्ठी हजार बजार मुल्य रहेको छ । सञ्चालक लक्ष्मि गैरेको अध्यक्षता भएको शुभारम्भ कार्यक्रमको सञ्चालन युवा उद्यमी तथा प्रा लि का प्रमुख प्रबन्धक धुर्व सापकोटाले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।