ताजा अपडेट »

स्थानीय शासन र युवा सहभागिता

बुधबार, ११ पुस २०८०, १५ : ३७
146 Shares

सरकारको परिकल्पनाका साथै सरकारको बजेट तथा कार्यक्रम र योजनामा समृद्ध नेपाल र सुखी नेपाली निर्माणको महाअभियानमा युवाहरुको सहभागिता बिना असम्भव नै हुन्छ। मुलुकमा भ्रष्टचार हटाउन, स्थिरता अनि सुशासन कायम गर्न साथै दिगो विकास गरी प्रसाशनिक, आर्थिक, सामाजिक,राजनीतिक रुपान्तरणका लागि स्थानीय तहबाट नै प्रारम्भ गर्नुपर्ने हुन्छ । स्थानीय तह र स्थानीय सरकारको जग र आडमा प्रदेश र संघीय सरकारको जिम्मेवारीसहित सुशासन र समृद्धका सबै कामहरुमा प्रतिवद्दता र संकल्पका साथ लाग्नु पर्ने अपरिहार्य छ।

स्थानीय तहको चुनावमा राजनीतिक दलका उमेदवारहरुले गरेका प्रतिवद्धता र घोषणा पत्रहरुमा युवाहरुको सहभागिता सुशासन र समृद्धलाई ज्यादै नै प्रथामिकतामा राखेका थिए। यसपटकको निर्वाचनमा त अझ राजनीतिक दलका उमेदवारहरु मात्र नभएर स्वतन्त्र भिजनरी युवाहरु नपत्याउदो अनपेक्षित तरिकाले विजयी पनि हाँसिल गरे। जसले गर्दा युवाहरु माझ केही नयाँ भरोसा, विश्वास र उत्साह जागेको छ। युवाहरु माझ थप जिम्मेवारी पनि वहन गर्नुपर्ने संकेत पनि देखिएको छ। सक्षम, योग्य क्षमतावान र भिजन भएका स्वतन्त्र युवाहरु स्थानीय सरकारमा निर्वाचित हुँदै गर्दा राजनीतिक दलहरुले युवाहरुलाई कसरी सहभागी गराउँछन र के कस्ता जिम्मेवारी दिनेछन् भन्नेकुरा अहिले सबैमा चासोको विषय बनेको छ।

स्थानीय सरकारमा स्वतन्त्र विजयी युवाहरुले गरेका काम र देखाएको राष्ट्रियता, उनीहरुको काँधमा आएको सुशासन र समृद्धिको दायित्त्व कुशल र पारदर्शी तरिकाले निर्वाह गरी देश रुपान्तरणको बाटोमा अगाडि बढेको देखिन्छ। स्थानीय सरकारलाई सफल र सक्षम बनाउन जनप्रतिनिधिहरुले कानूनी शासनलाई कायम राख्नुका साथै युवा पुस्तालाई उचित र अर्थपूर्ण सहभागी गराएर लैजानु पर्नेछ। जबसम्म युवाहरुलाई सहभागी गराईँदैन तबसम्म सुशासन युवाको एजेण्डा बन्न सक्दैन । तसर्थ युवाको सहभागिताबिना स्थानीय सरकार सफल बन्न पनि सक्दैन। भ्रष्टचार अन्त्य गर्न समाजका सबै क्षेत्रमा पारदर्शीता जवाफदेहिता कायम गराउन सबैखाले बिकृति अन्त्य गराउन स्थानीय तहका युवाहरु एकतावद्ध भएर लाग्नुपर्ने हुन्छ।

सुशासन कायम गर्न र गराउनका लागि शासन प्रकृयादेखि राजनीतिक भूमिका सम्ममा युवाहरुको सकृय र अर्थपूर्ण सहभागिता आवश्यक छ। नेपालको कूल जनसङ्ख्याको तथ्याङ्कअनुसार युवाहरु ४० प्रतिशत भन्दा बढी रहेका छन् तर स्थानीय शासन प्रकृयामा तथा राजनीतिक पार्टीहरुमा अझै पनि त्यही अनुपातमा युवाहरुको प्रतिनिधित्त्व तथा सहभागिता देखिँदैन। जबसम्म सक्षम क्षमतावान र भिजनरी युवाहरुको सहभागिता बढ्दैन कानूनी शासन र सुशासन कायम गराउन असम्भव प्राय छ।

अहिले हामी समग्र नेपालीको एकमात्र चाहना अनि एजेण्डा भनेको समृद्ध नेपाल सुखी नेपाली हो। समृद्धिको मूल जग नै स्थानीय शासन हो। संविधानको कार्यान्वयन , सुशासन कायम , भ्रष्टचार न्यूनीकरण गर्दै निर्मूल,युवा नीति विकास र निर्माणमा युवा सहभागिता लगाएत समग्र क्षेत्रमा युवा वर्ग आफै सक्रिय भै लाग्नुपर्ने अहिलेको अपरिहार्यता हो। स्थानीय सरकार सफलता र असफलतामा युवा सहभागिता र सकृयताले अहम भूमिका खेलेको हुन्छ।

तसर्थ युवा सहभागितामा सरकारी तहबाट नीतिगत रुपमै व्यवस्था गर्ने र युवाहरु आफै पनि सकृयता देखाउनु पर्ने हुन्छ। गत स्थानीय निर्वाचनमा कूल उमेदवार मध्ये ४२ प्रतिशत जनप्रतिनिधि १८४० वर्ष उमेरका युवाहरु निर्वाचित भएका थिए । अझ नयाँ र स्वतन्त्र युवाहरुको उल्लेख्य मात्रामा विजय हाँसिल गरेर शासन प्रकृयामा आएका छन्। यसले सुशासनमा जनताका अपेक्षा र स्थानीय सरकारका लागि सकारात्मक सन्देश पनि दिएको छ।

स्थानीय तहका नीति निर्माण , सेवा प्रवाह , विकास निमार्ण, योजना, बजेट कार्यान्वयन,अनुगमन र मूल्याङ्कनलगाएत विकासका आवश्यकता र प्राथमिकताका विषयमा युवा वर्ग चनाखो भएर लाग्नुपर्नेछ। अब हरेक क्षेत्रमा अनिवार्य युवा सहभागिता सुनिश्चित गराउन युवा नै सकृय रुपमा अगाडि आउनु पर्ने देखिन्छ। स्थानीय शासन प्रकृया रलगाएत तल्लो तहसम्म युवा सहभागी भएमा केही परिवर्तन हुने अपेक्षा गर्न सकिन्छ। जसले अहिले युवा वर्गमा देखिएको निराशा , वितृष्णा र विदेशिनु पर्ने बाध्यता विस्तारै कम हुदै जान्छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।