ताजा अपडेट »

किवानिज क्लब अफ रुपन्देही लुम्बिनीद्वारा विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक साम्रागी

बुधबार, ११ पुस २०८०, १३ : १४
49 Shares

बुटवल । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘किवानिज क्लब अफ रुपन्देही लुम्बिनी’ले विद्यार्थीहरुलाई न्यानो पोशाक तथा शैक्षिक साम्रागी वितरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी रुपन्देहीको तिलोत्तमा १४ स्थित सरस्वती आधारभूत विद्यालयका १५० विद्यार्थीहरुलाई सो साम्रागी वितरण गरिएको हो ।

अहिले जाडोयामको समय सुरु भएकाले स–साना विद्यार्थीहरुलाई चिसोबाट जोगिन सहज होस् भन्ने उद्धेश्य र उनीहरुलाई पढाईप्रति हौसला प्रदान गर्नका लागि न्यानो पोशाक तथा शैक्षिक साम्रागि वितरण गरिएको अध्यक्ष मनोज आचार्यले बताए । अध्यक्ष आचार्यका अनुसार अनुसार सो विद्यालयमा शिशुदेखि कक्षा ७ सम्मका १५० विद्यार्थीलाई सो साम्रागि वितरण गरिएको थियो ।

यस्तै तिलोत्तमा १४ का वडाध्यक्ष अस्मिन पौडेलले क्लबले गरेको कामको प्रशंसा गदै आगमी दिनमा पनि निरन्तर रुपमा सामाजिक कार्यक्रमा सक्रिय हुन आग्रह गरे । विद्यालयकी प्रध्यानाध्यापक कमला गौतमले आफ्नो विद्यालयलाई रोजेर पोशाक र शैक्षिक साम्रागि प्रदान गरेकोमा धन्यवाद गरिन् ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष सुरज पङ्गेनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापा ‘सजु’ , विद्यार्थी कृष्ण केवट लगायतले भनाई राखेका थिए । कार्यक्रम क्लबका अध्यक्ष मनोज आचार्यको अध्यक्षता, तिलोत्तमा १४ का वडाध्यक्ष अस्मिन पौडेलको प्रमुख आथित्यता र सचिब किशोर पङ्गेनीको संचालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।