ताजा अपडेट »

पूर्व राजा ज्ञानेन्द्र ‘एक्कासी’ बुटवलको ड्रिम इन्टरनेशनल होटेलमा आएपछि…

मंगलबार, १० पुस २०८०, १४ : ५६
46 Shares

बुटवल । एक हप्ता लामो भ्रमण कार्यतालिका लिएर रुपन्देही आएका पूर्व राजा ज्ञानेन्द्र शाहले मँगलबार २ घण्टा लामो समय बुटवलको ड्रिम इन्टरनेश्नल होटलमा बिताएका छन् । लुम्बिनी प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण तालिकासहित सोमबार रुपन्देही आइपुगेका शाहले परिवारसहित बुटवलमा आएर समय बिताएका हुन् ।

यहाँका सुरक्षा निकायहरुलाई समेत जानकारी नै नदिई दिउँसो १२ बजे बुटवल आइपुगेका शाह परिवार २ बजेपछि मात्रै भैरहवा फर्केको थियो । भिडभाड र सुरक्षा झमेलाभन्दा ताढा रहेर शान्त वातावरणमा व्यतित गर्ने चाहना अनुसार यहाँका सुरक्षा निकायहरुलाई समेतआएक जानकारी नदिई पूर्व राजा बुटवलमा आएको उनको सचिवालयले जानकारी दियो । यद्यपि पूर्व राजा आएको आधा घण्टापछि मात्रै यहाँका सुरक्षा निकाय खटिन आएको थियो । शाह परिवार दिउँसोको खाना खाएर पुन भैरहवा लागेको थियो ।

पूर्व राजा शाहले भैरहवालाई मुकाम बनाएर लुम्बिनी प्रदेशका रुपन्देहीका साथै कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाका धार्मिकस्थलको अवलोकन गर्ने बताइएको छ । उनको भ्रमण तालिका र सार्वजनिक गरिएको छैन । उनी १९ गतेसम्म बस्ने कार्यक्रम रहेको बताइएको छ । पूर्वराजा शाह पत्नी कोमल राज्य लक्ष्मी देवी शाहसहित परिवारका साथ धार्मिक कार्यक्रममा लागि रुपन्देही आएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।