ताजा अपडेट »

कारको ठक्करबाट दुईजनाको मृत्यु

मंगलबार, १० पुस २०८०, १३ : ३६
32 Shares

पोखरा। पोखरामा कारको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु भएको छ । 

पोखराको बाग्लुङ बसपार्कबाट जिरो किमि जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पर्स्याङमा ठक्कर दिँदा पैदलयात्रु बाग्लुङको ढोरपाटन नगरपालिका ६ का ढालेन्द्र छन्त्याल र परिचय नखुलेका अर्का पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते भएका उनीहरुलाई उपचारका लागि   पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।