ताजा अपडेट »

बेरोजगार महिलाहरुलाई १५ दिने सीपमूलक तालिम दिई स्वरोजगार गराइने

मंगलबार, १० पुस २०८०, ११ : ०४
36 Shares

तिनाउ । दुधौली नगरपालिका,सिन्धुलीले वडा नं ११ का बेरोजगार महिलाहरुलाई १५ दिने सीपमूलक तालिम दिई स्वरोजगार गराउने भएको छ । सो पालिकाले संघीय ससर्त अनुदान अन्तर्गत रहेर गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

उक्त कार्यक्रमभित्र रहेर पालिकाले वडा नं. ११ को मैनीमा १० जना महिलाहरुलाई डलकुसन तालिम दिएको छ । १५ दिनसम्म सञ्चालन गरिने उक्त तालिममा संगम गोले,तामाङले सहजीकरण गरेकी छिन् । साथै सोही वडाका शनिचरेमा घरेलुको सेनेटरीप्याड बनाउने तालिमको आयोजना भइरहेको छ । उक्त तालिममा स्थानीय १० जना महिलाहरुलाई यशोदा सुवेदीले तालिम दिएकी छिन् ।

तालिमको आर्थिक एवम् प्राविधिक सहयोग दुधौली नगरपालिकाले गर्दै आइरहेको उद्यम विकास सहजकर्ता रोजी राना,लामिछानेले बताइन् । स्थानीय महिलाहरुले सीप सिक्दै स्वरोजगारी हुने रोजीले जानकारी दिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।