ताजा अपडेट »

बसको ठक्करबाट दुईजनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुद्ध

सोमबार, ०९ पुस २०८०, ११ : ०५
23 Shares

सिन्धुली । सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुछ गरिएको छ । 

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि स्थानीयले सो सडकखण्डमा पर्ने वीपी राजमार्ग अवरुद्ध गरेका हुन् । 

बसको ठक्करबाट मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राईको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध परेका हुन् । 

स्थानीयले सडक अवरुद्ध पारेपछि सो सडकखण्ड भएर यात्रारत सयौँ यात्रु अलपत्र परेका छन् । बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।