ताजा अपडेट »

सुरुङ मार्ग निर्माण गर्न बुटवल–पाल्पा सडकखण्ड पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने

सोमबार, ०९ पुस २०८०, १० : ५४
110 Shares
सोमबार, ०९ पुस २०८०
110 Shares

बुटवल । सुरुङ मार्ग निर्माण गर्न सिद्धार्थ राजमार्ग यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।सुरुङ मार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई र स्लोप क्षेत्रको कार्य गर्दा बाटो साँघुरो भएको कारण राजमार्गको सिद्धबाबा खण्ड पुस १६ गतेबाट सय दिन बन्द हुनेछ ।

सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ भने अत्यावश्यक सवारीसाधनलाई कुनै रोक नलगाइएको प्रशासनले जनाएको छ । सुरुङ निमार्ण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङ निमार्ण कार्य गर्दा यातायात सञ्चालन गरी काम गर्दा जोखिम हुने भएकाले रातिको समयमा सडक बन्द गरेर काम गर्न लागेको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सडक बन्द हुने विषयको सूचना प्रभावकारी रुपमा सम्प्रेषण गरी सम्बन्धित नियामक निकाय, समन्वय गर्ने निकाय, यातायात सेवा कम्पनी, राजमार्ग प्रयोगकर्तालाई पूर्ण जानकारी गराउने निर्णय गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।