ताजा अपडेट »

नेपाललाई मेडिटेसन हबको रुपमा बिकास गर्न स्वामी विकाशानन्दको सुझाब

आइतबार, ०८ पुस २०८०, १६ : ५०
22 Shares

बुटवल । नेपालको बिकासका लागि यहाँको प्राकृतिक स्रोत साधनको प्रयोगसँगै मेडिटेसन हबको रुपमा बिकास गर्न विकाशानन्द फाउन्डेसनका संस्थापक स्वामी विकाशानन्दले सुझाब प्रस्तुत गरेका छन् । भारतलाई योगा तथा ध्यान केन्द्रको रुपमा बिकास गरेजस्तै नेपाललाई पनि विश्वमा मेडिटेसन सेन्टरको रुपमा बिकास गरि आर्थिक समृद्धि हासिल गर्न सकिने उनले बताए ।

विश्व परिवार रुपन्देही शाखाको आयोजानमा ३ दिनसम्म हुने शिविर बारे जानकारी दिन आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वामी विकाशानन्दले सो कुरा बताएका हुन् । विकाशानन्द स्वामीको उपस्थितिमा रुपन्देहीका विभिन्न स्थानमा ३ दिन ज्ञान, ध्यान, हिप्नोसि तथा प्रचवन, गभा ध्यान शिविर र योगा शिविर हुने भएको हो । सो अनुसार बुटवलको सिद्धार्थकटेजमा पुस ८ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म शिविर समापन गरिएको विकाशानन्द फाउन्डेसन विश्व परिवार बुटवल शाखा अध्यक्ष लिला गौतमले जानकारी दिईन । उनका अनुसार ८ गतेको कार्यक्रम सिद्धार्थ कटेजमा निःशुल्क रुपमा आयोजना गरिएको हो । जसमा सयौंको संख्यामा स्थानीयको सहभागीता रहेको थियो ।

यस्तै पुस ९ गते विहान ७ बजे देखि साँझ ५ बजे सम्म ढवाहमा रहेको आरम्भ रिर्सोटमा गाभा ध्यान शिविर आयोजना हुने भएको छ । जसमा सहभागीताको लागि न्युनतम शुल्क समेत राखीएको छ । सो शिविर ९ गते देखि ११ गते सम्म ३ दिन सम्म चल्ने छ । यस्तै पुस १२ गते विहान ७ः३० बजे देखि ९ बजे सम्म प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा योग ध्यान शिविर हुने छ ।

शिविर बारे आयोजना गरिएको पत्रकार सम्मेलनमा विकासा नन्द फाउन्डेसन विश्व परिवारका संस्थाक स्वामि विकाशानन्दले नेपालमा मेडीटेसन दिवस मनाउनको लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइएको जानकारी दिए । उनले यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल समेत सकारात्मक रहेको बताए ।

यस्तै नयाँ गाउँमा रहेको लुम्बिनी बौद्ध विश्व विद्यालयको सिटी क्याम्पसमा पुस १२ गते विहान १० बजे देखि ११ बजे सम्म ज्ञान योग शिविर हुने भएको छ । यस्तै सोही दिन नै साँझ ७ बजे विश्व परिवारको आयोजानमा मुक्तिदानधाम मन्दीर नयाँगाउँमा आरती समेत आयोजना गर्ने तयारी भएको कार्यक्रम संयोजक हुमाकान्त पोखरेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।