ताजा अपडेट »

लायनेस क्लब अफ बुटवलद्वारा स्वास्थ्य शिविर तथा कपडा वितरण

आइतबार, ०८ पुस २०८०, १४ : ४५
54 Shares

बुटवल । लायनेसक्लब अफ बुटवलको लायन्स डेको अवसरमा विद्यालयलाई विभिन्न साम्रगी तथा आखाँ र मधुमेहको शिविर गरी मनाएको छ ।

क्लबले शनिवार एक कार्यक्रमको आयोजना गरी रुपन्देहीको कोटहीमाई गाउँपालिका स्थित तुनिहवा माध्यमिक विद्यालयमा निःशुल्क आखाँ र मधुमेहको शिविर गर्नुका साथै विद्यार्थीहरुलाई सुइटर, कपडा र ब्लाङ्केट वितरण गरेको हो । विद्यालयलाई ३०० थान कपडा, १६७ थान सुइटर र २० थान ब्लाङ्केट वितरण गरिएका कार्यक्रम संयोजक मनिषा बज्राचार्यले बताइन् ।

क्लबका अध्यक्ष बेगम श्रेष्ठको अध्यक्षता, डिष्ट्रिक गर्भनर अर्जुनमान सैजुको प्रमुख आथित्यता र क्लबका सचिव सिता ध्वजुको संचालनका कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।