ताजा अपडेट »

एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

आइतबार, ०८ पुस २०८०, १३ : ३५
22 Shares

ढल्केवर।  एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको सबैला नगरपालिका-१२, रघुनाथपुरका ३१ वर्षीय जयनारायण पालको मृत्यु भएको छ। उपचारको क्रममा जनकपुरधामस्थित कृष्ण अस्पतालमा शनिबार राती १ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

वीरेन्द्रबजार-महिनाथपुर सडक मार्गअन्तर्गत सबैला नगरपालिका–९, सिमराढीमा दक्षिणबाट उत्तरतर्फ आइरहेको ज १ त १७४५ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट गइरहेको प्रदेश २-००६ प ७९३८ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका पाललाई तत्कालै उपचारका लागि जनकपुरस्थित रामजानकी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि कृष्ण अस्पतालमा लगिएको थियो ।

ठक्कर दिने एम्बुलेन्स र त्यसका चालक महोत्तरीको मटिहानी नगरपालिका-१, का वीरेन्द्र मण्डललाई प्रहरी नियन्त्तणमा राखिएको इलाका प्रहरी कार्यालय सबैलाले जानकारी दिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।