ताजा अपडेट »

पाल्पामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना गम्भीर घाइते

शुक्रबार, ०६ पुस २०८०, ११ : २५
22 Shares

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकाल रहेका प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गम्भीर घाइते रहेका दाङको घोराही उपमहानगरपालिका–१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका–५ का हिमाल घर्तीको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ ।

चारजना सवार रा १ ख २४०४ नम्बरको टिपर रिब्दीकोट गाउँपालिका–२ लघुवाको सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा सकुशल रहेका टिपरका चालकलाई भन प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।