ताजा अपडेट »

मदन पुरस्कार बिजेता कान्तिमा

विहीबार, २८ मंसिर २०८०, १३ : ०२
106 Shares
विहीबार, २८ मंसिर २०८०
106 Shares

बुटवल । बुटवल उपमहानगरपालिका ४ स्थित कान्ति माध्यमिक विद्यालयले मङ्सिर २७ देखि पौष २ गतेसम्म आफ्नो ७०ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाई रहेको छ । सोहि अवसरमा विद्यालयमा खेलकुद तथा साहित्यका विभिन्न कार्यक्रम भईरहेका छन् ।

साहित्य तर्फको आजको कार्यक्रमलाई २०७९ सालको मदन पुरस्कार कृतिका लेखक विवेक ओझाले सम्बोधन गर्दै विद्यालय राष्ट्रकै नमुना विद्यालय भएकोले विद्यार्थीहरुलाई विद्यालय जीवन देखि नै साहित्यमा लाग्न विद्यालयले आयोजना गर्ने यस प्रकारका कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माले विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले कुनै कुरामा पनि कन्जुस्याइँ नगरेको बताए ।

लेखक समाजका साझा सम्पति भएकोले उनिहरुलाई निरन्तर सहयोग गर्नका लागि तयार रहेको कुरा प्राधानाध्यपक गोविन्द ज्ञवालीले बताए। साथै पुस २ गते विशेष कार्यक्रमको आयोजना गरी मुल समारोह मनाउने विद्यायलका प्रध्यानाध्यापक ज्ञावलीले बताए । वरिष्ठ सहायक प्राधानाध्यपक पूर्णभद्र उपाध्यायले स्वागत मनतव्य राखेको कार्यत्रम शिक्षक हुमराज भुसालको समन्वयमा लिलाधर पाण्डेले संचालन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।